PRABHU BANK

बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादीहरू पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ डल्लुका ३२ वर्षीय होमबहादुर विश्वकर्मा, सिनामङ्गल बस्ने ३४ वर्षीय किरण देवी न्यौपाने र लाजिम्पाटका रामशरण बस्नेत रहेका छन् ।

प्रहरीले विश्वकर्मालाई सोमबार काठमाडौँको डल्लुबाट, बस्नेतलाई मङ्गलबार बिहान ललितपुरको नख्खुबाट र न्यौपानेलाई सोमबार प्रहरीको काठमाडौँको कागेश्वरी मनोहरा मनोहरा नगरपालिका ग्रीनहिल सिटी हाउजिङबाट पक्राउ गरिएको हो । 

त्यस्तै, पक्राउ परेकाहरूको फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत, बबरमहल काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै