PRABHU BANK

प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई टिस्टुङ रिसोर्टको विभिन्न सेवामा विशेष छुट

काठमाडौँ । प्रभु बैंकका ग्राहकहरूलाई टिस्टुङ रिसोर्टमा छुट हुने भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरूलाई टिस्टुङमा अवस्थित टिस्टुङ रिसोर्टको विभिन्न सेवामा विशेष छुट हुने भएको हो ।

बैंक र रिसोर्टबीच छुटसम्बन्धी सम्झौता भएको छ । सो सम्झौता अनुसार बैंकका कर्मचारीहरू तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा उक्त रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

टिस्टुङ रिसोर्टका सञ्चालक गोविन्द महर्जन, सन्त महर्जन र प्रभु बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्ट र मार्केटिङ म्यानेजर सविन शमशेर राणाले हस्ताक्षर गरेका हुन् ।

ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द एयर २०२३’ को उपाधिबाट प्रभु बैंक सम्मानित भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै