PRABHU BANK

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका कर्मचारीमा कोरोना संक्रमण पुष्टी

Unique Nepal Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कम्पनीका अध्यक्ष र कार्यकारी निर्देशक दुवै जनामा कोरोना संक्रमण पुष्टी भएको हो । कर्मचारीमा कोरोना संक्रमण भएसँगै कम्पनीको वैशाख २५ गते हुने भनिएको वार्षिक साधारणसभा स्थगित भएको छ ।
पूर्व निर्धारित विषयवस्तु यथावत रहने गरी सभा जेठ ४ गते सारिएको कम्पनीले जनाएको छ । सभाले एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको केन्द्रीय कार्यालय बाँके कोहलपुरमा बिहान ११ बजे जुममार्फत हुने भएको छ । सभामा घोडीघोडा लघुवित्तसँग मर्ज हुने प्रस्ताव पनि पेस हुने भएको छ । घोडीघोडा र युनिक नेपाल एक आपसमा मर्ज हुने भएपछि गत कात्तिक २३ गतेदेखि घोडीघोडाको सेयर कारोबार रोक्का छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै