PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३५औं वार्षिकोत्सव सम्पन्न 

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३५औं वार्षिकोत्सव सम्पन्न भएको छ । आइतबार बैंक कर्मचारी संघ नेपालको ३५औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमकाबीच सम्पन भएको हो ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले ३५औँ वार्षिकोत्सव कार्यक्रमको समुद्घाटन गरेका हुन् ।

सो कार्यक्रममा बोल्दै पाण्डेले जनताको सेवा गर्दा कर्मचारीले आफूले पाउनुपर्ने सुविधा डटेर लिनुपर्ने पनि बताएका छन् । यस्तै, कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालेले आफ्नो हक हितको लागि उठाइएका माग प्रति महासंघ सँधै साथमा रहेको पनि जानकारी दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै