PRABHU BANK

सिद्धार्थ बैंकद्धारा अक्सिजन लोन नामक सहुलियतपूर्ण विशेष कर्जा सुविधा संचालनमा

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंकले अक्सिजन लोन नामक सहुलियतपूर्ण विशेष कर्जा सुविधा संचालनमा ल्याएको छ । बैंकले अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरुको खरिद तथा क्षमता विस्तारको लागि इच्छुक अस्पताल तथा नर्सिङ्ग होमहरुलाई लक्षित गरी यो कर्जा सुविधा ल्याएको हो । यस कर्जा सुविधामा बैंकको आधार दरमा कर्जा प्रदान गरिनुको साथै संस्थाको नगद प्रवाहको आधारमा कर्जाको भुक्तानी गरिनेछ ।
यस्तै यस कर्जा सुविधामा अन्य कुनैपनि शुल्क नलाग्ने र उच्च प्राथमिकतामा साथ कर्जा प्रोसेसिङ्ग गरिने बैंकले जानकारी दिएको छ । यसरी प्रदान गरिएको कर्जामा नेपाल राष्ट्र बैंकबाट सहुलियत प्रदान गरेको खण्डमा, नेपाल राष्ट्र बैंकले निर्दिस्ट गरेको सहुलियत कर्जा निर्देशिका अनुरुप हुने बैंकले जनाएको छ । सिमित अवधिका लागि ल्याईएको यस कर्जा सुविधाले हाल देशमा भइरहेका अक्सिजनको अभाव मेटाउन मद्दत पुर्याउँदै कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विशेष भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै