PRABHU BANK

सिद्धार्थ बैंकको महामारी नियन्त्रणका लागि प्रदेश १ सरकारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग

Siddhartha Bank
  • बैंकिङ संसार
विराटनगर । सिद्धार्थ बैंक लिमिटेटले कोरोना महामारी नियन्त्रणका लागि आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश १ सरकारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
प्रदेश सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा सिद्धार्थ बैंकको प्रदेश कार्यालयका प्रमुख कमल बस्नेतले आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंकका विराटनगर शाखाका प्रबन्धक सूर्यप्रसाद शर्मा, आन्तरिक मामिला तथा कानुन सचिव राजेन्द्रकुमार पौडेलको उपस्थित रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै