PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन हुँदै, ९ प्रतिशत ब्याज पाइने

Shangri-la Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडको १० वर्षे अवधिको ऋणपत्रको बिक्री आगामी असार ६ गतेदेखि खुल्ला हुने भएको छ । बैंकले ७५ करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिवेञ्चर २०८७’ को निष्कासन गर्न लागेको हो ।
असार ६ गतेदेखि निष्कासन हुने ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ । वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्रको  प्रतिइकाई १ हजार अंकित मूल्य  रहेको छ । कुल निष्कासन हुने ७ लाख ५० हजार इकाई डिवेञ्चरमध्ये ४ लाख ५० हजार युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख युनिट सर्वसाधारणका लागि सार्वजनिक निष्कासनको माध्मयबाट बिक्री गरिनेछ । 
सर्वसाधारणलाई सुरक्षित गरिएको ऋणपत्रका इकाईमध्ये ५ प्रतिशतले हुन आउने १५ हजार युनिट भने सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भइसकेको छ । बैंकको ऋणपत्रका लागि निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने नागरिक लगानी कोषसँग यसअघि नै डिवेञ्चर प्रत्याभूत सम्बन्धी सम्झौता समेत भइसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै