PRABHU BANK

एकैदिन १७ अर्ब रुपैयाँले बढ्यो बैंकिङ प्रणालीको निक्षेप, अन्तरबैंक ब्याजदर २.९५ प्रतिशत कायम

काठमाडौँ । बैंकिङ प्रणालीको निक्षेप संकलन बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ प्रणालीको निक्षेप संकलन एकैदिन १७ अर्ब रुपैयाँले बढेको हो ।

गत असार १९ गतेसम्म बैंकिङ प्रणालीको निक्षेप संकलन ६३ खर्ब ७० अर्ब रुपैयाँ रहेको थियो । बैंकिङ प्रणालीको निक्षेप संकलन एकैदिन १७ अर्ब रुपैयाँले बढेर असार २० गतेसम्म ६३ खर्ब ८७ अर्ब रुपैयाँ कायम भएको छ ।

त्यस्तै, सीडी रेसियो घटेर ७८.५९ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर २.९५ प्रतिशत कायम भएको छ ।

यता असार २० गतेसम्म वाणिज्य बैंकमा ५६ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै