PRABHU BANK

लक्ष्मी सनराइज बैंकको बौद्ध शाखा कागेश्वरी मनोहरामा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले आफ्नो शाखा स्थानान्तरण गरेको छ । बैंकले काठमाडौँ जिल्लाको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्तरण गरेको हो ।

बैंकले काठमाडौँ जिल्लाको बौद्धमा रहेका २ शाखामध्ये गोकर्णेश्वर नगरपालिका ६ स्थित शाखा स्थानान्तरण गरेको हो ।

त्यस्तै, बैंकले स्थानान्तरण गरिएको साविकको बौद्ध शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको बौद्ध पिपलबोटको शाखा हालको स्थानबाट ४०० मिटर मार्फत सेवा लिन सक्ने जनाएको छ ।

लक्ष्मी सनराइज बैंकको हाल सञ्जालमा ५९ जिल्लामा २ सय ५४ शाखा, ३ सय १६ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १ सय २८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै