PRABHU BANK

सिद्धार्थ बैंकमा लागेको आगो चार घण्टापछि नियन्त्रण

काठमाडौँ। सिद्धार्थ बैंकको वीरगञ्जस्थित शाखा कार्यालयमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ । आदर्शनगरमा रहेको  बैंकको शाखा कार्यालयमा सल्केको आगो ४ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो ।

बैंकको माथिल्लो तल्लामा बेलुका तिर लागेको आगो वीरगञ्ज महानगर र प्रहरीको बारुणयन्त्रले नियन्त्रणमा लिइएको छ । पर्सा प्रहरीका प्रवक्ता दीपक भारतीका अनुसार ८ वटा बारुण यन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

वीरगञ्जको मुख्य बाटोमै रहेको बैङ्कको शाखामा आगलागी भएपछि प्रहरीले बाटोमा आवतजावत बन्द गरेर आगो  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर तीन तला माथिबाट आगो फैलिएको प्रारम्भिक अनुसन्धानमा खुलेको पर्सा प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै