PRABHU BANK

२७ अर्ब नाघ्यो बैंकहरूको गैर बैंकिङ सम्पत्ति, गत साउनयता ४७ प्रतिशतले वृद्धि

काठमाडौँ । बैंकहरूको गैर बैंकिङ सम्पत्ति २७ अर्ब नाघेको छ । बैंकले सार्वजनिक गरेको सुचना अनुसार ऋणीले ऋण नतिरेबापत उनीहरूले सुरक्षण राखेको धितोबापतको सम्पत्ति गत साउनयता मात्रै ४७ प्रतिशतले वृद्धि भएर २७ अर्ब नाघेको हो ।

गत आर्थिक बर्षको असार मसान्तसम्म बैंकले सकारेको सम्पत्ति १८ अर्ब ६८ करोड रूपैयाँ रहेकामा गत वैशाखमा यस्तो सम्पत्ति २७ अर्ब ६० करोड रूपैयाँ बराबर पुगेको पाइएको छ ।

यस्तै, चालु आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमास (साउनदेखि चैतसम्म)मा बैंक तथा वित्तीय संस्थाहरूको कुल खराब कर्जा औसत ३.९८ प्रतिशत रहेक छ भने चालु आर्थिक वर्षको अन्तिम त्रैमासमा यस्तो कर्जा बढेर ४ प्रतिशत हाराहारी पुग्ने सम्भावना रहेको बैंकरहरू बताउँछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै