PRABHU BANK

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको १९२.८८ प्रतिशतले बढ्यो खुद नाफा, अन्य सूचकको अवस्था कस्तो ?

Unnati Sahakarya Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले ९ करोड ४९ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा आइपुग्दा कम्पनीको खुद नाफा १९२.८८ प्रतिशतले बढेको हो । कम्पनीले अघिल्लो वर्षको यसै अवधिमा ३ करोड २४ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी ३९.३८ प्रतिशत र सञ्चालन नाफा २००.५४ प्रतिशतले बढेको छ । कम्पनीको जगेडा कोषमा १२ करोड ३९ लाख ९६ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी ५३ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ३८ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै