PRABHU BANK

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफा घट्यो, खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने केहि सुधार

NIFRA
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफा घटेको छ । बैंकको गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा आईपुग्दा १.२६ प्रतिशतल खुद नाफा घटेको हो । बैंकको चौंथो त्रैमासको वित्तीय विवरणअनुसार ८३ करोड ६४ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको यसै अवधिमा ८४ करोड ७१ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने केहि सुधार भएको छ । खुद ब्याज आम्दानी ८.३५ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ७.९१ प्रतिशतले बढेको छ । यस्तै कम्पनीको चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा २ अर्ब ४० करोड ७ लाख ८१ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै