PRABHU BANK

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा शर्मा चयन

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक पदमा प्रकाश राज शर्मा चयन भएका छन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा शर्मालाई चयन गरेको हो ।

हेकुली ०४, दाङ स्थाई घर भई हाल भैसेँपाटी, ललितपुर बस्ने शर्मालाई रिक्त रहेको सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व हुने सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि चयन गरेको छ ।

साथै, सोही सञ्चालक समितिको बैठकबाट प्रकाश राज शर्मालाई सर्वसम्मतिका साथ अध्यक्षको पदमा समेत चयन गरिएको बताइएको छ ।

नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्ष समेत भईसकेका प्रकाश राज शर्माको कृषि क्षेत्र, विभिन्न लघुवित्त एवं बैंक तथा वित्तीय क्षेत्रमा करिब ४२ वर्षको कार्यानुभव रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै