PRABHU BANK

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको वार्षिक समिक्षा र नीति, कार्यक्रम तथा बजेट विनियोजन गोष्ठी सम्पन्न

Janautthan  Samudayic  Laghubitta
  • बैंकिङ संसार
पाल्पा । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको मिति श्रावण २४, २५ र २६ गते पाल्पा जिल्लाको तानसेनमा आ.व. २०७७/०७८ को वार्षिक समिक्षा तथा २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेट विनियोजन गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठी वित्तीय संस्थाका अध्यक्ष बावुराम बिश्वकर्माको अध्यक्षता तथा संस्थापक अध्यक्ष, नेपाल सरकारका पूर्व सचिव, वित्तीय संस्थाका परिकल्पनाकार डा.मान बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यतामा सु-सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि विश्वकर्माले कर्मचारीहरुको अथक मेहनत र प्रयासले संस्थाले यो उचाई लिन सफल भएको, कोभिडले पारेको प्रभावलाई अवसरका रुपमा लिनु पर्ने र वित्तीय संस्थाका हरेक क्रियाकलापहरुलाई सरलिकृत गर्नु पर्ने र चालु आर्थिक वर्षका लागि नवीनतम् रणनीतिहरु बनाई कार्य गर्न सुझाव दिएका छन् ।
उद्घाटन सत्रमा बोल्दै वित्तीय संस्थाका अध्यक्षले वित्तीय कारोवारलाई चुस्त दुरुस्त पार्दै वित्तीय संस्थाको नीति नियम भित्र रही दैनिक कार्यहरु गर्न निर्देशन दिदै आर्थिक वर्ष २०७८/०७९ को लक्ष्य प्राप्तीमा सफलताको कामना गरेका छन् । कार्यक्रममा वित्तीय संस्थाका संस्थापक माधव नेपाल, सञ्चालक रेवन्त बहादुर विश्वकर्मा, नरेन्द्र कडेल तथा गोकर्ण बहादुर कार्की क्षेत्रीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वित्तीय संस्थाका ३९ वटा शाखाका शाखा प्रमुख तथा प्रतिनिधीहरुले आ-आफ्नो शाखाको वार्षिक प्रगति विवरण पेश गर्नुका साथै आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रणनीतिक योजनाहरु प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा आ.व.२०७७/०७८ मा अधिकत्तम नाफा हाँसिल गर्ने शाखा कार्यालय रैकवारविचवा, लक्ष्य प्राप्ती तर्फ शाखा कार्यालय परशुराम डडेलधुरा र उत्कृष्ट असुली तर्फ शाखा कार्यालय पोखराथोक, शक्तिखोर र बुलिङ्गटारलाई प्रशंसा पत्र सहित पुरस्कृत गर्नुका साथै त्यहाँ कार्यरत कर्माचारीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल तथा केन्द्रीय कार्यालयमा विभिन्न विभागमा कार्यरत कर्मचारीहरु इन्द्र बराली, बसन्त पचभैया, भरत कुमार रसाली, शर्मिला वि.क., टोप बहादुर सुनार, प्रकाश भण्डारी, मधु कुँवर र चेत नरायण रिमाल लगाएतले शाखा प्रमुखहरुलाई विभिन्न विषयहरुमा प्रशिक्षण तथा सुझावहरु दिएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै