PRABHU BANK

‘युवा विदेशिएर निर्माण क्षेत्र डामाडोल भएकाले अर्थतन्त्रमा शिथिलता आयो’ : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले युवा विदेशिएर उपभोक्ता नपाउँदा निर्माण क्षेत्र डामाडोल भएकाले अर्थतन्त्रमा शिथिलता देखा परेको बताएका छन् । नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै अधिकारीले युवा विदेशिएको, उपभोक्ता नभएको र निर्माण क्षेत्र डामाडोल भएकाले त्यसले नै पनि अर्थतन्त्रमा शिथिलता देखाइरहेको बताएका छन् । यी सबै कुरालाई ध्यानमा राखेर बजेट आएको बताउँदै बजेटलाई सहयोग गर्ने नै मौद्रिक नीति आउने गभर्नर अधिकारीको भनाई छ ।

कोभिड महामारीबाट पहिलो वर्ष नै रिकभरीमा आए पनि फेरि खस्किएको बताउँदै आम रूपमा अर्थतन्त्र शिथिल रहेका बेला उनले आम व्यवसायीको भावना समेटेर र राष्ट्र बैंकको कार्य क्षेत्रभित्र रहेर मौद्रिक नीति तय गरिने बताएका छन् ।

गभर्नर अधिकारीले मुलुकको हितलाई शिरमा राखेर साउनको दोस्रो साता भित्र मौद्रिक नीति ल्याउने पनि बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै