PRABHU BANK

ग्लोबल आइएमई बैंक र अंकुर नेपालबीच सहुलियत कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौता

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक र अंकुर नेपालबीच सहुलियत कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौता भएको छ । बैंकले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनका लागि अंकुर नेपालसँग सम्झौता गरेको हो । ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अंकुर नेपालका तर्फबाट अध्यक्ष लालप्रसाद भट्टराईले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
कोभिड-१९ को महामारीबाट उत्पन्न समस्या तथा अन्य कारणबाट नेपाल फर्किएर कोरियामा आर्जित सीप तथा आय-आर्जनलाई स्वदेशमा व्यवसाय तथा रोजगारी श्रृजना गर्न उत्प्रेरित गर्ने उद्देश्य लिएका व्यवसायीहरुलाई सहयोग गरी पूर्ण रोजगारी र समृद्विको दिशातर्फ अघि बढ्ने एक अभियानका रुपमा संचालन गर्न बैंक र अंकुर नेपालबीच सहुलियत कर्जासम्बन्धी सहकार्यका लागि सहमति भएको हो ।
यस समझदारीबाट वैदेशिक रोजगारीबाट सीप र अनुभव सहित स्वदेश फर्किएका युवालाई पुनः विदेशिनु पर्ने बाध्यतालाई रोकी उद्यमशीलतासँग जोडेर विदेशबाट आर्जित सीप, अनुभव र पूँजीको स्वदेशमै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पुुग्नेछ । यसका लागि बैंकले विभिन्न बैंकिङ सेवा सुविधाहरु सहज तथा सहुलियत रुपमा प्रदान गर्नेछ । 
यसका साथै सरल तथा सहज तरिकाले कर्जा प्राप्त गर्नका लागि क्षमता विकास गरी सक्षम बनाउने¸ उद्यमशीलताका माध्यमबाट ब्यक्तिलाई उत्पादनसँग जोड्ने र रोजगारी सिर्जना गर्ने तथा स्वरोजगारी र उद्यमशीलताको लागि नेपालमै संभावना छ भन्ने सकारात्मक सोचको प्रवर्द्वन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै