PRABHU BANK

नेपाल इन्फ्रास्ट्रकचर बैंकको संचालक समितिमा बज्राचार्य नियुक्त

nifra
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आईएमई बैंकका सीईओ रत्नराज बज्राचार्य नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) को संचालक समितिमा नियुक्त भएका छन् । बैंकको वैशाख २७ गते बसेको संचालक समितिको बैठकले बज्राचार्यलाई बैंकको संचालक समितिमा नियुक्त गर्ने निर्णय गरेको हो ।
निफ्रामा रिक्त रहेको संस्थापक समुह तर्फको संचालक पदमा बज्राचार्यलाई वैशाख १७ गते देखि लागू हुने गरी नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
त्यस्तै, निफ्राले बैंकका संचालक समिति सदस्य सुमन पोखरेल (संचालक, सर्वसाधारण समुह) ले पदबाट दिएको राजिनामा वैशाख १८ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ । पोखरेलले आफ्नो व्यक्तिगत कार्यव्यस्तताको कारणले संचालकको रुपमा रही जिम्मेवारी बहन गर्न असमर्थता जनाउँदै पदबाट राजिनामा दिएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै