साधना लघुवित्त वित्तीय संस्थाको नयाँ शाखा कार्यालय काठमाडौंको नागर्जुनमा संचालन

Sadhana  Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको नागर्जुनमा शुक्रबारबाट नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।
गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको यो शाखासँगै कुल शाखा संख्या ७७ पुगेको छ । संस्थाले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधा उक्त नयाँ शाखाबाट समेत प्रवाह गरिने भएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेका अनुसार कोभिड महामारीकाबीच स्थापना गरिएको नयाँ शाखाले नागर्जुन आसपासामा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी निक्षेप संकलन तथा कर्जा प्रवाह लगायतका वित्तीय सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्