PRABHU BANK

महालक्ष्मी विकास बैंक र कान्तिपुर अस्पतालबीच सम्झौता, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य

Mahalaxmi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंक र कान्तिपुर अस्पतालबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको बानेश्वर शाखाको अगुवाईमा कान्तिपुर अस्पतालसँग श्रावण ३१ गते सम्झौता गरेको हो । सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय बिक्रम मल्ल ठकुरीले र बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख विकास रावलले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउनेछन् । सम्झौता अनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकहरुले निशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज/ICU/HCU, भेन्टिलेटर चार्ज र फार्मेसीमा १०% छुट प्राप्त गर्नुका साथै जेनरल बेड चार्ज /क्याबिन, इन्भेस्टिगेशन (Lab, X-ray, USG, ECG, Endoscopy, PFT, TMT, Echo), Procedure Charge (Plaster, Stitching, Dressing) मा १५% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
देशका १०३ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले कोभिड-१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिट बैंकिङमार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न अपिल पनि गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै