- बैंकिङ संसार
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा १ गतेबाट लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । विभिन्न प्रकारको बचत खातामा न्युनतम २ दशमलव ५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ ।