PRABHU BANK

सिटिजन्स बैंकको नयाँ शाखा धादिङको धर्के र गजुरीमा सञ्चालन

काठमाडौँ । सिटिजन्स बैंकले  नयाँ शाखा धादिङको धर्के र गजुरीमा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो आफ्नो दुई ओटा नयाँ शाखा धादिङको गजुरी र धार्केमा सञ्चालनमा ल्याएको हो ।

बैंकको बागमती प्रदेशमा सञ्चालनमा रहेका शाखाहरू ५४ पुगेका छन् । बुधबार एक कार्यक्रमकाबीचमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाहरूको शुभारम्भ गरेका हुन् ।

त्यस्तै, सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुविधा पुर्याउने क्रममा हामी धादिङ बासीहरूको सेवामा आइपुगेको र आगामी दिनमा सुशासनलाई ध्यानमा राख्दै अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने बताएका छन् ।

उक्त शाखाहरूको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै