prabhu

‘कर्जाको ब्याजदर कसरी निर्धारण हुन्छ भन्ने कुरा बुझेर मात्र कारोबार गरौँ’: राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर कसरी निर्धारण हुन्छ भन्ने कुरा बुझेर मात्र कर्जा कारोबार गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपको धितोमा ग्राहकलाई कर्जा प्रवाह गर्न सक्ने व्यवस्था रहेको छ ।

त्यस्तै, मुद्दती खातामा रकम जम्मा गरेका ग्राहकलाई मुद्दती निक्षेपको अवधिअगावै रकमको आवश्यकता परेमा सोही मुद्दती निक्षेपको धितोमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रदान गर्न सक्ने व्यवस्था रहेको हो ।

बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘यस्तो कर्जामा लाग्ने ब्याजदर मुद्दती निक्षेपमा प्रदान गरिएको ब्याजदरमा के-कति प्रतिशत विन्दुले थप गरी तय गरिने हो वा आधार दरका आधारमा तय गर्ने हो भने के कति प्रिमियम थप गरी तय गरिने हो, सो सम्बन्धमा सम्बन्धित ग्राहकलाई मुद्दती निक्षेप खाता खोल्दाकै बखत जानकारी दिई निजको लिखित सहमति लिनुपर्ने व्यवस्था छ ।’ यस्तो छ सूचना:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै