PRABHU BANK

‘आर्थिक स्थायित्वका लागि मौद्रिक र वित्त नीतिबीच समन्वय आवश्यक छ’: गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समष्टिगत आर्थिक स्थायित्वका लागि मौद्रिक नीति र वित्त नीतिबीच समन्वय आवश्यक रहेको बताएका छन् । श्रीलङ्काको केन्द्रिय बैंकले कोलम्बोमा आयोजना गरेको ४५औँ ‘सार्कफाइनाइन्स गर्भनर मिटिङ एण्ड सिम्पोइज’ मा बोल्दै उनले यस्तो बताएका हुन् ।

सो कार्यक्रममा गभर्नर अधिकारीले सार्क फाइनान्स अन्तर्गतका विभिन्न कार्यक्रममा नेपालको वर्तमान आर्थिक तथा वित्तीय परिसूचकको पछिल्लो अवस्थाका बारेमा आफ्नो धारणा राखेका थिए । अधिकारीले अर्थतन्त्रको चुनौती र क्षत्रीय सहयोगको आवश्यकताका बारेमा पनि आफ्नो धारणा व्यक्त गरेका छन् ।

साथै, उनले सो अवसरमा भारत र श्रीलङ्काकाका गभर्नरहरूसँग छुट्टाछुट्टै भेटवार्ता पनि गरेका थिए ।

कार्यक्रममा सहभागी केन्द्रीय बैंकका गभर्नरहरूबाट सार्क सदस्य राष्ट्रबीच आगामी दिनमा आर्थिक तथा वित्तीय क्षेत्रका समसामयिक विषयमा समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै