PRABHU BANK

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक काठमाडौँमा, को-कोसँग गरे भेटघाट ?

काठमाडौँ । काठमाडौँमा आयोजना हुन लागेको अन्तराष्ट्रिय विकास संस्था (आइडा)को बैठकमा भाग लिन विश्व बैंकका वरिष्ठ प्रधान निर्देशक एकसेल भान ट्रोसेन वर्ग नेपाल आइपुगेका छन् । मंगलबारदेखि काठमाडौँमा सुरु हुन लागेको आइडाको २१औँ बैठकमा भाग लिन उनी नेपाल आएका हुन् ।

आइडाको बैठक असार ४ अर्थात् आजदेखि ७ गतेसम्म चल्ने भएको छ । एक्सेल भने पाँच दिनसम्म नेपालमा रहने छन् ।

त्यस्तै, वरिष्ठ प्रबन्ध निर्देशक एक्सेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री वर्षमान पुनसँग भेटघाट गरिसकेका छन् भने मुख्यसचिव डा. बैकुण्ठ अर्याल लगायतसंग भेटघाट गर्ने भएका छन् ।

आइडाको २१औँ बैठक आज प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्दैछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै