PRABHU BANK

ग्लोबल आइएमई बैंकद्धारा अटो एक्प्रेस-ड्राईभ उत्सव योजना सार्वजनिक

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले यस बर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस-ड्राईभ उत्सव योजना अन्तर्गत ७.२९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा विद्युतिय सवारी कर्जा लगायतक विभिन्न सवारीसाधन योजनाहरु सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८.१९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा अन्य सवारी साधन कर्जाका साथै ८.४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ बर्ष अबधिको लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन् । यो योजना निजी प्रयोजनको लागि बिभिन्न नयाँ सवारी साधन खरीदको लागि उपलब्ध हुनेछ । साथै कर्जा आवेदन प्रकृया पूरा भएको २ कार्य दिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ ।
बजारमै सस्तो तथा सरल किस्ताबन्दीमा गाडी खरीद गर्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो । यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको छ । हाल बैंकले ७.९९ प्रतिशत (प्रिमियम सहित) को ब्याजदरमै घर कर्जा योजना समेत संचालन गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै