PRABHU BANK

नेपाल एसबिआई बैंक र आइसिएफसी फाइनान्सबीच सम्झौता

Nepal SBI Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल एसबिआई बैंक र आइसिएफसी फाइनान्सबीच सम्झौता भएको छ । बैंकले फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत आइसिएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन् ।
नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा आइसिएफसी फाइनान्सका नायब प्रमूख कार्यकारी अधिकृत अमित श्रेष्ठबीच उक्त सम्झौता आदानप्रदान भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै