PRABHU BANK

प्रभु बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधामा विशेष छुट

काठमाडौँ । प्रभु बैंकका ग्राहकलाई धुलिखेलमा रहेको आगन्तुक रिसोर्टमा छुट हुने भएको छ । बैंकका ग्राहक तथा कर्मचारीलाई रिसोर्टले विभिन्न सेवामा विशेष छुट दिने भएको हो ।

बैंक र रिसोर्टबीच भएको सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

प्रभु बैँकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक (फन्ट अफिस) सुवास कार्की द्धारा हस्ताक्षर गरेका हुन् ।

ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै