PRABHU BANK

लक्ष्मी सनराइज बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले विश्व वातावरण दिवसका अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकले ‘प्रोजेक्ट-५ के’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ का अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको हो ।

‘प्रोजेक्ट-५ के’ परियोजनाको पहल मार्फत बैंकले यस वर्षको विश्व वातावरण दिवसको ‘आवर ल्यान्ड, आवर फ्युचर वि आर जेनेरेसनरेस्ट्रोरेसन’ भन्ने नाराका साथ देशभर ५ हजार रुख रोप्ने लक्ष्य राखेको थियो ।

जुन १ देखि ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखाहरू मार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगको सहकार्यमा करिब ६ हजार रूखहरू रॊपेकॊ छ । देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा उक्त्त रुखहरु रोपिएका बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै