PRABHU BANK

स्टान्डर्ड चार्टर्ड बैंकबाट खल्तीमा सजिलै पैसा पठाउन सकिने

काठमाडौँ । खल्तीमा स्टान्डर्ड चार्टर्ड बैंकबाट सजिलै पैसा पठाउन सकिने भएको छ । खल्ती र स्टान्डर्ड चार्टर्ड बैंकबीच सम्झौता भएसँगै बैंकका सम्पूर्ण ग्राहकहरूले खल्ती वालेटमा सहजै पैसा पठाउन सक्ने भएका हुन् ।

बैंकका अनुसार ग्राहकहरूले स्टान्डर्ड चार्टर्ड बैंकको एप ‘एस् सी मोबाइल नेपाल’ प्रयोग गरी सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् ।

त्यस्तै, बिना झन्झट खल्ती लोडगरी आफूलाई आवश्यक पर्ने सेवा खल्ती मार्फत सजिलै लिन सक्नेछन् । ग्राहकहरूले खल्ती प्रयोग गरी सहजै मुभी, इभेन्ट लगायतका टिकट खरिद, बिल भुक्तानी, प्लेसेस र अरू थुप्रै सेवा सुविधाहरूपाउन सक्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै