PRABHU BANK

वित्तीय साक्षरता कार्यक्रमका लागि कुमारी बैंक र युएसएडबीच सम्झौता

काठमाण्डौ । कुमारी बैंक लिमिटेड र युएसएडबीच सम्झौता भएको छ । लघु साना तथा मझौला उद्योग- व्यवसाय वित्तीय साक्षरता कार्यक्रमका लागि युएसएडसँग सम्झौता गरेको हो ।

यस सम्झौताअन्तर्गत युएसएड ट्रेड एण्ड कम्पिटीभ्नेसले बैंकलाई नेपालभरका साना तथा मझौला उद्योग- व्यवसाय माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग बैंकले जनाएको छ । बैंकले यस कार्यक्रममार्फत १० हजार नयाँ साना तथा मझौला उद्योग- व्यवसाय लाई ‘बैंकिङ र क्रेडिट रेडी’ बनाउन वित्तिय सहयोग गर्ने गर्दछ ।

बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै