PRABHU BANK

प्रभु बैंकका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सैलुनको सेवामा छुट पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सलोनको सेवामा छुट पाउने भएका छन् । बैंकका ग्राहक तथा कर्मचारीहरूले काठमाण्डौको कमलादीस्थित हेयर एण्ड शान्ति युनिसेक्स सलोनको सेवामा छुट पाउने भएका हुन् ।

एक समारोहका बीच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू तथा कर्मचारीहरूले हेयर एण्ड शान्ति मा प्रोफेसनल मेकअप, पेनलेश डिपीलेशन,हेयर कट एण्ड स्टाईलिङ, आईल्यास एक्सटेन्सन,प्रोफेशनल स्टाईलिस्ट,स्पा प्रोसिज्योर,रिजेनेरेटिङ ट्रिटमेन्ट म्यानिक्योर र पेटीक्योर जस्ता सौेन्द्रर्यसम्बन्धी सेवा लिँदा थ्रेड्रिङ्गबाहेक ग्राहकहरुलाई १० प्रतिशत र कर्मचारीहरुलाई ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै