PRABHU BANK

उच्च रेकर्डमा पुगेको ब्याज दर घटाउने कसरतमा इसिबी, अक्टोबरदेखि ब्याजदरहरू स्थिर

काठमाडौँ । युरोपेली केन्द्रीय बैङ्क (इसिबी)ले उच्च रेकर्डमा पुगेको ब्याज दर घटाउने भएको छ । लगभग पाँच वर्षसम्म नघटी उच्च रेकर्डमा पुगेको ब्याज दर घटाउन सुरु गर्ने अपेक्षा गरिएको छ ।

अस्थिर मुद्रास्फीतिका कारण यो विषय अनिश्चित रहेकाले इसीबीकी अध्यक्ष क्रिस्टिन लेगार्डले यसबारेमा थप छलफल गर्नु पर्ने बताएकी छन् ।

सन् २०२२ मा रूसले युक्रेनमा गरेको आक्रमणसँग सम्बन्धित आपूर्ति शृङ्खलाको समस्याबाट मुद्रास्फीति बढेपछि इसीबीले लगातार १० पटकसम्म बैंकको दरहरू वृद्धि गरेको थियो ।

बढ्दो ऊर्जा र खाद्य लागतलाई नियन्त्रण गर्न सन् २०२२ को मध्यमा सुरु गरिएको युरो क्षेत्र दर वृद्धिको उच्चतम् विन्दुपछि मुद्रास्फीति बिस्तारै इसिबीले लक्ष्य राखेजस्तै दुई प्रतिशततिर तल झर्दै गइरहेको छ ।

आर्थिक मन्दीबाट बाहिर आएपछि युरो क्षेत्रको अर्थतन्त्र पहिलो त्रैमासिकमा अपेक्षा गरिएभन्दा तीव्र गतिमा बढेकाले यसको असर इसिबीमा पनि परेकाकारण ब्याजदर घट्ने सम्भावना र तेस्कै कारण इसिबीसंग सम्बन्धीत सबै खुसी भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै