PRABHU BANK

३ अर्ब रुपैयाँले बढ्यो बैंकिङ प्रणालीको निक्षेप, सीडी रेसियो भने घट्यो

काठमाडौँ । एकैदिन बैंकिङ प्रणालीको निक्षेप ३ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ २० गते एकैदिन बैंकिङ प्रणालीको निक्षेप ३ अर्ब रुपैयाँले बढेको हो ।

बैंकिङ प्रणालीमा जेठ १९ गतेसम्म ६२ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप रहेकामा २० गते ३ अर्बले बढेर ६२ खर्ब २६ अर्ब रुपैयाँ कायम भएको छ । यस्तै, वाणिज्य बैंकहरूको निक्षेप पनि ७ अर्ब रुपैयाँले बढेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरूको निक्षेप ५५ खर्ब १० अर्ब रुपैयाँ रहेको छ ।

यता सीडी रेसियो ८०.११ प्रतिशतबाट घटेर ८०.०९ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर भने औसत विन्दु अर्थात ३ प्रतिशत कायम भएको छ । जेठ १९ गते अन्तरबैंक ब्याजदर २.९७ प्रतिशत कायम भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै