PRABHU BANK

प्रभु बैंक र एनएएमडीपी फेज आइआइबीच व्यवसायीहरूलाई कृषि कर्जा उपलव्ध गराउनेबारे सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र स्वीस कन्ट्याक्टसरनेपाल एग्रिकल्चरल मार्केट डेभपलपमेन्ट प्रोग्राम (एनएएमडीपी) फेज आइआइबीच सम्झौता भएको छ । बैंक र एनएएमडीपी फेज आइआइबीच व्यवसायीहरूलाई सहज कृषि कर्जा उपलब्ध गराउने बारे सम्झौता भएको हो ।

सोमबार बैंक र एनएएमडीपी फेज आइआइबीच कृषि गरिरहेका र कृषिमा रुचि राख्नेहरूलाई सहजरूपमा कृषि कर्जा उपलब्ध गराउन सहज होस् भन्दै उक्त सम्झौता गरिएको बैंकले जनाएको छ ।

कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरूको व्यवसायीका विकासमा सहयोग गर्ने गरी ‘ग्रोइङ् टूगेदरस् अ ससटेन्बल एग्रिकल्चर इन्सेटेटीभ फर कोशी प्रोभाइन्स’नामक परियोजनाका लागि सम्झौता भएको छ ।

सो सम्झौतापत्रमा सो कार्यक्रमको तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठ र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकलाई प्रभु बैकको नजिकका शाखाहरूबाट कृषि कर्जाका साथै वित्तिय साक्षरता र व्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराइने बताइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै