prabhu

८ अर्ब रुपैयाँले बढ्यो बैंकिङ प्रणालीको निक्षेप, सीडी रेसियो कति ?

काठमाडौँ । एकैदिन बैंकिङ प्रणालीको निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार जेठ १८ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ८ अर्ब रुपैयाँले बढेको हो ।

बैंकहरूको कुल निक्षेप जेठ १७ गतेसम्म ६२ खर्ब १९ अर्ब रुपैयाँ थियो । बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ६२ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंकहरूको निक्षेप पनि एकै दिन ७ अर्ब रुपैयाँले बढेको छ । अघिल्लो दिनसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप ५५ खर्ब ४ अर्ब रुपैयाँ रहेकोमा जेठ १८ गते बढेर ५५ खर्ब ११ अर्ब रुपैयाँ पुगेको हो ।

यता बैंकहरुको औसत सीडी रेसियो ८०.१७ प्रतिशत रहेकोमा जेठ १८ गते घटेर ८०.०८ प्रतिशतमा झरेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै