PRABHU BANK

वाणिज्य तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण, ७ दिन भित्र पत्र सिलबन्दी प्रस्ताव पेश गर्न आह्वान

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । सोमबार एक सूचना जारी गर्दै वाणिज्य बैंक र विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने बारे प्राधिकरणले जानकारी गराएको हो ।

बैंकहरूलाई आफूसँग भएको बैंक मौज्दात लगानी नीति अनुसार मुद्दती निक्षेपमा लगानी गर्नका लागि प्राधिकरणले वाणिज्य तथा विकास बैंकहरूलाई ७ दिन भित्र पत्र सिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको गरेको छ ।

प्राधिकरणले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत ३ वर्षको नाफा या नोक्सानको कागजात, बैंकको निष्क्रिय सम्पत्ति, कर्जा निक्षेप अनुपात, स्थापना भएको वर्ष र पूँजी पर्याप्तता कोषसहित कागजात लिएर कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरेको छ । प्राधिकरणले कति रकम लगानी गर्न खोजेको हो भन्ने बारे भने केही खुलाएको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै