PRABHU BANK

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले ३४ प्रतिशत लाभांश वितरण गर्ने

Swabhimaan Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ३४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा ३२.३० प्रतिशत बोनस सेयर र कर प्रयाजनको लागि १.७० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले २ करोड ९७ लाख ३२ हजार १५० रुपैयाँ बराबरको रकम बोनस सेयर वितरण गर्नेछ भने १५ लाख ६४ हजार ८५० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुन भएको छ । गत वर्ष कम्पनीले २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै