PRABHU BANK

आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा लाभांश घोषणा, साधारणसभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउने

RSDC Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले २०७६/७७ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले ७ करोड ३१ लाख ९५ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने नगद ३८ लाख ५२ हजार ४२० रुपैयाँ बाँड्ने भएको छ । अघिल्लो वर्ष क्रम्पनीले १२.६३५ नगद लाभांश वितरण गरेको थियो । अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढ्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै