PRABHU BANK

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई २७.३६ प्रतिशत लाभांश वितरण गर्ने

LAXMI LAGHUBITTA
  • बैंकिङ संसार
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई २७.३६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले २०७६/७७ को नाफाबाट २० प्रतिशत बोनस सेयर र ७.३६ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले ६ करोड ४० लाख ९ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै २ करोड ३५ लाख ८२ हजार २६३ रुपैयाँ नगद बाँड्नेछ । अघिल्लो वर्ष यसले १५ प्रतिशत बोनस सेयर र ८.१६ प्रतिशत गरी कुल २२.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढ्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै