PRABHU BANK

गोर्खाज फाइनान्स लिमिटेडको २६औं वार्षिक साधारणसभा सम्पन्न

Gurkhas Finance
  • बैंकिङ संसार
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको २६औं वार्षिक असोज १८ गते सोमबार सम्पन्न भएको हो । उक्त सभामा ६ जना संचालक निर्विरोध निर्वाचित भएका छन् ।
सभामा भएको संस्थापक समुहतर्फ ३ जना तथा सर्वसाधारण समुहतर्फ ३ जना गरी ६ जना संचालक निर्विरोध निर्वाचित भएका हुन् ।
सभाबाट संस्थापकतर्फ प्रेम बहादुर खापुङ, डेकिन्द्र कुमार राई र कर्ण बहादुर राई निर्विरोध निर्वाचित भएका छन् । यस्तै सर्वसाधारणतर्फ नरेन्द्र कुमार अग्रवाल, रेशु अग्रवाल र गौरव बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै