PRABHU BANK

बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्न लागेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत जेठ १७ गते ५० अर्ब रुपैयाँ तान्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले (आज) बिहीबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

बैंकले साँवा र ब्याज भुक्तानीको मिति जेठ ३१ गते निर्धारण गरेको छ । त्यसैगरी यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुने जनाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै