PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभा मंसिर १७ गते हुने

nepal investment bank

  • बैंकिङ संसार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले मंसिर १७ गते साधारणसभा गर्ने भएको छ । कम्पनीले शुक्रबार आफ्नै केन्द्रीय कार्यालयमा सभा गर्ने जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १२.६११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि ३.३८९ प्रतिशत नगद लाभांश गरि कुल १६ प्रतिशत बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आषाढ ३१.२०७८ मा समाप्त भएको वर्षको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्नेछ ।

साथै, सभाले बैंकको सहायक कम्पनी “एनआइबिएल एस क्यापिटल लि” को आर्थिक वर्ष २०७७र०७८ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिश मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने र संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै