ग्लोबल आइएमई बैंकले सहज रुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने

काठमाडौँ । ग्लोबल आइएमई बैंकले सहज रुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने भएको छ । बैंकले सहज रुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्न सिमेक्स इंक प्रालिसँग सम्झौता गरेको हो ।

बैंकले आवश्यक कागजात तथा विवरण पुरा गर्ने ग्राहकलाई सिमेक्स इंक प्रालि तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने बीवाईडी ब्राण्डका विद्युतीय सवारी साधनका लागि  तीन कार्यदिन भित्र सवारी साधन कर्जा प्रवाह गर्ने जनाएको छ ।

सोग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न कम्पनीले व्यक्तिगत प्रयोजनका सवारी साधनलाई न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्दै आइरहेको छ ।

त्यस्तै, कम्पनीले ग्राहकको सुविधालाई मध्यनजर गर्दै विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू पनि ल्याउँदै आएको छ । सो सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंक प्रालिका तर्फबाट सेल्स तथा सोरुम म्यानेजर सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्