PRABHU BANK

आशा लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा कात्तिक २७ मा हुने

 

asha laghubitta

  • बैंकिङ संसार

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले कात्तिक २७ गते शनिबार वार्षिक साधारणसभा डाकेको हो । उक्त सभा फल एन्ड ट्राउट भिलेज होटल ककनी नुवाकोटमा बिहान १० बजेबाट सुरु हुने भएको छ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

यस्तै सभामा संस्थापक सेयरधनीको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा पनि रहेको छ ।यस्तै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेण्डा पनि रहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै