PRABHU BANK

हिमालयन डिस्टिलरीले कमायो २१ करोड १२ लाख ८१ हजार रुपैयाँ नाफा

himalayan distillery

  • बैंकिङ संसार

काठमाडौं । हिमालयन डिस्टिलरीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले पहिलो त्रैमाससम्ममा २१ करोड १२ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

जुन नाफा गत वर्षको भन्दा १२.७० प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले १८ करोड ७४ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थियो ।

हिमालयनको उत्पादन बिक्री आम्दानी पनि बढेर १ अर्ब २३ करोड १० लाख ६० हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा उत्पादन बिक्रीबाट ९६ करोड ९८ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।यस्तै कम्पनीको रिजर्भ कोषमा १ अर्ब ३४ करोड ८१ लाख ७४ हजार रुपैयाँ रहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै