- बैंकिङ संसार
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा हुने भएको छ । संस्थाको वार्षिक साधारणसभा मंसिर २२ गते हुने भएको हो ।
यस्तै संस्थाको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । कम्पनीको ५० प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर १५ गते बुधबार अन्तिम दिन हो ।
संस्थाले गत वर्षको नाफाबाट ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।