PRABHU BANK

ज्योति क्यापिटलको संचालकमा अविनास उप्रेती नियुक्त

jyoti capital
  • बैंकिङ संसार
काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको संचालकमा अविनास उप्रेती नियुक्त भएका छन् । क्यापिटलको जेठ २९ गते बसेको संचालक समितिको ३०औं बैठकले कम्पनीको रिक्त संचालक पदमा उप्रेतीलाई नियुक्त गरेको हो ।
उनी ज्योति विकास बैंक बाहेकका अन्य संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी नियुक्त भएका हुन् । स्नातकोत्तर तह (एमविए) को शैक्षिक योग्यता भई कर्जा विश्लेषकको अनुभव बोकेका अविनास उप्रेती २०८०/०२/२९ देखि लागु हुनेगरी यस ज्योति क्यापिटलको सञ्चालकमा चयन भएका हुन् ।
नव-नियुक्त सञ्चालक अविनास उप्रेतीको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ भन्नेमा क्यापिटल विश्वस्त रहेको छ ।
ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेका क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ । यस क्यापिटलले हालसम्म नेपाल सरकारलाई ३६ लाख ७५ हजार कर दाखिला गरिसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै