National

सपोर्ट लघुवित्तको नाफा बढ्यो, खराब कर्जा अनुपात घट्यो

काठमाडौँ । सपोर्ट लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा संस्थाले १ करोड २३ लाख ४० हजार  रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही समयको तुलनामा ९४.९१ प्रतिशतले बढी हो ।

संस्थाले अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६३ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, संस्थाको खुद ब्याज आम्दानी बढेको छ । संस्थाको खुद ब्याज आम्दानी ८.७८  प्रतिशतले बढेर ४ करोड ९१ लाख ८१ हजार रुपैयाँमा कायम भएको छ ।

त्यसैगरी संस्थाको कर्मचारी खर्च ४ करोड रुपैयाँ र सञ्चालन खर्च १ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

सपोर्ट लघुवित्त वित्तीय संस्थाको खराब कर्जा अनुपात भने घटेको छ । संस्थाको खराब कर्जा अनुपात १.७८ प्रतिशतबाट घटेर १.४७ प्रतिशतमा पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime