ज्योति बिकास बैंकको जग्गा खरिद विवादमा, सेयरधनी अख्तियार र सीआईबी जाने तयारीमा

काठमाडौं । ज्योति विकास बैंकले बिशालनगरमा ८० करोड रुपैयाँ लागतमा जग्गा खरिद गरेको छ । बैंकले विशालनगरमा रहेको २६२०.६८ वर्गमिटर क्षेत्रफल भएको जग्गा प्रति आना ९७ लाखमा किन्न भएको जग्गा प्रतिआना ९७ लाख रुपैयाँको दरले  कुल ७९ करोड ९६ लाख रुपैयाँ हालेर किनेको हो । जग्गा खरिदको प्रक्रिया सम्पन्न भईसकेको एक संचालकले पुष्टी गरेका छन् ।

यद्यपी सो जग्गा महँगोमा किनेको भन्दै केहि लगानीकर्ता अख्तियार र सीआईबी गुहार्ने तयारीमा रहेको ती संचालकले बताए । ‘केहि समय अगाडी नै सो जग्गा ८० लाख हाराहारी मोलिएको चर्चा थियो । अहिले सो जग्गा प्रति आना ९७ लाख पर्छ त ? यसको भ्यालुएसन ठिक छ त ? यसमा ठुलो भ्रष्टाचारको गन्ध छ । म आफैं देखिन नमिलेकाले मैले प्रतिनिधित्व गर्ने लगानीकर्ताहरु सीआईबी र अख्तियार जाँदै छन् ।’ ती संचालकले बैंकिङ संसारसँग भने, ‘यस अघि अरु बैंकले ८० लाख प्रति आनामै पनि नकिनेको जग्ग्गा अहिले ज्योतिले ९७ लाख हाल्नुको कारण खोज्नुपर्छ ।’

ती संचालकका अनुसार केहि समय अघि मात्र नेपाल इन्भेष्टमेन्ट बैंकले ८० लाख रुपैयाँका दरले सो जग्गा किन्न खोजेको थियो । तर, पछि बैंकमा कुरा नमिलेपछि सो प्रक्रिया नै अनिश्चित भएको थियो । अहिले त्यहि जग्गा ज्योति बिकास बैंकले ९७ लाख आनाका दरले किनेको हो ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्